काँग्रेस नेता पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

आर्दश अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका गर्नुभएकाे छ । संविधान सभा सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल मार्फत आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे हाे ।

बागलुङ काँग्रेसको सभापति हुँदा जिल्लाको संगठनलाई गतिशिल बनाउनु भएका पौडेलले आफ्नो कार्यकालमा तत्कालिन तिन वटै क्षेत्रमा काँग्रेसलाई जिताएर बागलुङ जिल्ला भरी नै शाख जमाउनु भएकाे थियाे ।

अघिल्लो १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार दिनुभएका पौडेलले यस पटक पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयाे । पौडेल जिल्लामा विकास प्रेमी नेताको रुपमा पनि चिनिनुहुन्छ ।

पौडेल नेतृत्व लिएर काालिगण्डकी करिडोर निर्माणका लागि नेपाली सेनालाई जिम्मा लगाएर जिल्लाको दक्षिण क्षेत्रलाई सडक सञ्जालले जोड्न महत्वपूर्ण भूमिका खेल्नु भएकाे थियाे । २०३६ सालको आन्दोलनदेखि निरन्तरका आन्दोलन जेलनेल र पार्टीको हरेक तहमा रहि सफल नेतृत्वदायी भूमिका खेल्नु भएका पौडेल जिल्लाबाट सात पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएकाे छ । पौडेलले केन्द्रीय तहमा नेतृत्व गरेर पार्टी संगठनलाई जुझारु बनाउनका निम्ती आफुले उम्मेदवारी दिएको बताउनुभयाे।

‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशिल बनाउका लागि हो र जिल्लामा जसरी काम गरे केन्द्रीय नेतृत्वमा रहेर पनि त्यसैगरी काम गर्नेछु, पौडेलले भन्नुभयाे,–‘अबको काँग्रेस रुपान्तरणका निम्ती मेरो उम्मेदवारी हो । पार्टी भित्र रहेर संगठन मजबुत बनाउका लागि पहल गर्ने छु ।’ पौडेल काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *