आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी शेयर सदस्य दीपेन्द्र कँडेलका बुबा तथा मनरुपा कँडेलका ससुरा बुबा खगराज कँडेलको निधन प्रति दुःख व्यक्त गर्दै संस्थाले शेयर सदस्यको आफन्तको मृत्यु भएपछि दिने राहत रकम १० हजार रुपैयाँ हस्तान्तर गरेको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका संचालक कमल लामिछाने, प्रबन्धक दीपकराज सापकोटा, शेयर सदस्य प्रकाश आचार्य, दीपेन्द्र पराजुली र सूर्य पौडेल लगायतको उपस्थितिमा शेयर सदस्यको आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत रकम हस्तान्तरण गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *