नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरको अध्यक्षमा रेग्मी

आदर्श अनलाइन, बागलुङ
नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरपालिकाको अध्यक्षमा मधुसुदन रेग्मी चयन हुनु भएको छ । संगठनको देस्रो अधिवेशनले रेग्मीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा पार्वती शर्मा र यज्ञ रखाल, सचिवमा कुलबहादुर कार्की, कोषाध्यक्षमा गोविन्द सापकोटा, सह– सचिवमा हुमा खड्का, सह–कोषाध्यक्षमा संगीता क्षत्री सहित ३१ सदस्य चयन गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष राम प्रसाद पोख्ररेलले शिक्षकहरुको हक हितमा संगठनले सधै आवाज उठाउने बताउनु भयो । उहाँले शिक्षकका मुद्धाहरुलाई सम्वन्धीत निकाय सम्म पु¥याउनका लागि संगठनले महत्वपुर्ण भुमिका खेल्नुपर्ने भन्दै नयाँ बनेको समितीलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव हरिराम अधिकारी र लेखा प्रतिवेदन कोषाध्यक्ष नेत्रराज सिलवालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष कृष्ण पाठक, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, नेपाल शिक्षक संगठनका पूर्व केन्द्रिय सदस्य टिकाराम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष गोविन्द बहादुर भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष गंगा शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संगठनका अध्यक्ष थानेन्द्र प्रसाद पोख्रेल अध्यक्षयता स्वागत मधुसुदन रेग्मी, उपाध्यक्ष पार्वती कुमारी शर्मा रेग्मीको धन्यवाद मन्तव्य र सचिव हरिराम अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *