सकियाे आदर्श सञ्चारको एकाइगत साधारण सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणभसा ७ वटा एकाइगत रुपमा शनिवार सम्पन्न भएको छ । ३ हजार बढी शेयर सदस्य भएको आदर्श सञ्चार सहकारीले ७ वटा एकाई बनाएर साधारणसभा सम्पन्न गरेको हो ।

May be an image of 6 people and people standing

मंसिर १८ गते शनिबार काठेखोला गाउँपालिका एकाईबाट शुरु भएको साधारणसभा शनिबार बागलुङ नगरपालिका वडा नं. ५ देखि १४ सम्मका शेयर सदस्यहरुको सहभागितामा सम्पन्न भएको हो । मंसिर १९ गते गलकोट नगरपालिकामा दोस्रो एकाई, २० गते बरेङ गाउँपालिका तेस्रो एकाई, २१ गते जैमिनी नगरपालिकामा चौथो एकाईगत साधारणसभा, २३ गते बागलुङ नगरपालिका १ र २ वडाको पाँचौ एकाईगत साधारणसभा, २४ गते बागलुङ नगरपालिका ३ र ४ वडाको छैटौं एकाई सभा सम्पन्न भएको थियो ।

May be an image of 5 people and people standing

एकाईगत साधारणसभा अन्तरगत शनिवारको कार्यक्रममा संस्थाले सञ्चालन गरेको शेयर सदस्य वृद्धि अभियानमा सबैभन्दा धेरै शेयर सदस्य बनाउने संस्थाका सर्वोत्कृष्ट शेयर सदस्य सुरेशप्रसाद श्रेष्ठलाई प्रमुख अतिथि बनाइएको थियो । संस्थामा निरन्तर सदस्य वृद्धि लगायत कारोबार र संस्थाको पहिचान बनाउन लागि पर्ने शेयर सदस्य श्रेष्ठले साधारणसभाको उद्घाटन गर्नु भएको थियो ।

May be an image of 5 people, people standing and indoor

सो अवसरमा उहाँले आदर्श सञ्चार सहकारीले सदस्यहरुलाई क्रियाशिल बनाउन तथा सदस्यहरुको सहभागितामा संस्थ सञ्चालन गर्ने योजना बनाएको र आफुले सदैव साथ दिदै आएको बताउनुभयो । संस्थाले बनाएको लक्ष्य अनुरुप शेयर सदस्यहरु अगाडी बढ्नुपर्नेमा उहाँको जोड थियो । आदर्श सञ्चार सहकारी संस्थाले सदस्यहरुलाई क्रियाशिल बनाउन शुरु गरेको एक शेयर सदस्य प्रत्येक वर्ष २ जना शेयर सदस्य थप अभियानमा सक्रिय सहभागि हुन उहाँले सबै शेयर सदस्यहरुलाई आव्हान गर्नु भयो ।

May be an image of 3 people, people standing and indoor

उहाँले आदर्श सञ्चारले सहकारी मार्फत आम नागरिकलाई सचेत बनाउनुका साथै शेयर सदस्यको जीवनस्तर उकास्न लागि परेको भन्दै संस्थाको हितमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । साधारण सभामा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बंैकका सञ्चालक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा जानकारी दिनुभएको थियो ।

May be an image of 4 people, people standing and indoor

उहाले २०७० सालमा बनाएको १० वर्षे योजना अनुसार आदर्श सञ्चार सहकारी अगाडि बढेको र लक्ष्य प्राप्ती गर्न सफल भएको चर्चा गर्दै २०८० साल भित्रै २० वर्षे रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले सहकारी सदस्यहरुको सहभागितामा मात्रै सफल हुने भएकाले सबै शेयर सदस्यहरुलाई संस्थाले बनाएको योजना अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।

May be an image of 4 people, people standing and indoor

उहाँले आदर्शले सूचना तथा सञ्चारसंगै आर्थिक कारोबार, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो । कार्यक्रममा संस्थाको विषयमा समेटिएको कविता शेयर सदस्य सूर्य बहादुर महतले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव ललिता थापाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

May be an image of 5 people, people standing and indoor

कार्यक्रममा जेष्ठ नागरिक बानपा ९ तित्याङ निवासी मैना घर्तीलाई पेन्सन सहित सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले अपांगता भएका शेयर सदस्यहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार सन्तोष पौडेल र विना खत्रीलाई एक/एक हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको थियो ।

May be an image of 5 people, people standing and indoor

त्यस्तै दीर्घकालिन बचत तर्फ उत्कृष्ट नन्दकली परियार, दीर्घकालिन बाल बचततर्फ विदिप केसी, उत्कृष्ट कर्जा कारोबार तर्फ विष्णु सुनार, उत्कृष्ट दीर्घकालिन बचत तर्फ सपरिवार गोबिन्द बहादुर कार्की, याममाया कार्की, शर्मिला कार्की र सौरभ कार्की, उत्कृष्ट बचत तर्फ पार्वती केसी, खिम बहादुर केसी, मञ्जुमाया क्षेत्री, गिता खड्का, अम्बिका जिसी, जीवन जिसी, सिर्जना थापालाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

May be an image of 4 people, people standing and indoor

यस्तै कर्मचारी शेयर बृद्धि तर्फ प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपा ढकाल, निक्षेप विभाग प्रमुख स्टाफन केसीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै गलकोट एकाइ अन्र्तगतका उत्कृष्ट कर्जा कारोबारतर्फ कमल गन्धर्व, उत्कृष्ट परिवारका रुपमा राम थापा, उषा पौडेल, परिधि थापा र संयमसिंह थापालाई सम्मान गरिएको थियो । यस्तै उप समिति तर्फ शान्ति भण्डारी, दिर्घकालिन बचत तर्फ डोल्मा छन्त्याल थापा पुन, शेयर बृद्धि र उत्कृष्ट कारोबार तर्फ सुरेश प्रसाद श्रेष्ठलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

यस्तै शेयर सदस्य जनकराज शर्माका बुबा तिलक प्रसाद पाध्याको निधनमा, रमादेवी शर्माको सुसुरा तिल प्रसाद पाध्याका निधन, कौशिला सर्किनीको ससुरा गोरे सार्कीको निधनमा, शान्ति कार्कीका ससुरा पूर्ण बहादुर कार्कीको निधनमा, माया कार्कीका सासु पार्वती कार्कीको निधनमा, लक्ष्मी घर्तीको छोरी सपना घर्तीको निधनमा, दुर्गा बहादुर श्रीसको बुबा मन बहादुर श्रीषको निधनमा र शेयर सदस्य जय पौडेलकी आमा पिउरी कुमारी पौडेलको निधनमा मृत्यु राहत रकम अन्र्तगत जनही रु. पाँच हजारका दरले मृत्यु राहत रकम हस्तानतरण गरिएको थियो ।

May be an image of 4 people, people standing and indoor

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो । संस्थाको एकाईगत साधारणसभाबाट चयन भएका प्रतिनिधिहरुको सभा तथा संस्थाको १६ औं स्थापना दिवस मंसिर २७ गते मनाइने संस्थाले जनाएको छ ।

May be an image of 4 people, people standing and indoor
May be an image of 6 people, people standing and indoorMay be an image of 4 people, people standing and indoor
May be an image of 4 people, people standing and indoor
May be an image of 5 people, people standing and indoorMay be an image of 4 people, people standing, indoor and text that says "आदर्श मिटेट औ वागलड सभा सभा HOTE 420"May be an image of 5 people, people standing and indoorMay be an image of 5 people, people standing and indoorMay be an image of 4 people and people standingMay be an image of 4 people and people standingMay be an image of 5 people, people standing and indoorMay be an image of 4 people, people standing and indoorMay be an image of 4 people, people standing and indoorMay be an image of 4 people, people standing and indoor
May be an image of 5 people and people standing
May be an image of 6 people and people standingMay be an image of 1 person, flower, indoor and text that says "HOTEL JAN"May be an image of 1 person, standing, flower, indoor and text that says "AN"
May be an image of 3 people, people standing, indoor and text that says "आदर्श सज्चार 9५ औ वार्षिक बागलुड नग बागलुड नग HOTEL Thc RA"
May be an image of 4 people and people standingMay be an image of 10 people, people standing and indoorMay be an image of 2 people and people standingMay be an image of 4 people, people standing and indoorMay be an image of 5 people, people standing and indoor

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *