आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङले पायो नयाँ नेतृत्व

आदर्श अनलाइन, बागलुङ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पदम छन्त्यालको अध्यक्षता नौ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्मर बुढा मगर, सह–सचिवमा छलिता बुढा मगर र कोषाध्यक्षमा तिलक घर्ती मगर चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा शर्मिला रोका मगर, देउमाया राना, लक्ष्मी अर्गेजा र सुरेश छन्त्याल चयन हुनु भएको छ । त्यस्तै संघीय प्रतिनिधिमा दिल शिरीष, राजेशचन्द्र राजभण्डारी, संगम घर्ती मगर, मनिष थापा र याम थापा, प्रदेश प्रतिनिधिमा विजय राना, लिला थापा, चक्रवीर थापा, प्रशान्त घर्ती मगर सुरेश पुन र रोम थापा चयन हुनु भएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव रुद्र श्रीष मगरले पछिल्लो पत्रकारितामा आउनेको संख्या घट्दै गएको भन्दै फोनिजले पत्रकार उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फोनिजका बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारी, याम थापा, नेपाल पत्रकार महासंघ बागलुङका उपाअध्यक्ष नविन शिशिर विक, प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्मा, प्रेस सेन्टरका उपाध्यक्ष सज्जन कुमार सिँह, प्रगतिशिल पत्रकार संघका सचिव विजय राना, क्षेत्री पत्रकार समाजका राम थापा ‘अविरल’ दलित पत्रकार संघका अध्यक्ष अनिष खातीले लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम फोनिज बागलुङका अध्यक्ष संगम घर्तीको अध्यक्षता उपाध्यक्ष प्रकाश छन्त्यालको स्वागत र सह–सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *