पोखरामा सहिद स्मारक ए डिभिजन लिगको तीन खेल हुने

आदर्श अनलाइन, काठमाडौ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल पाेखरामा लैजाँदै नवाैँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ ।

सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।जारी लिगको चौथो चरण साेमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ ।

यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ । लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ । जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा  छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *