स्थापना दिवसमा ‘सदस्य विस्तार सप्ताह’

आदर्श अनलाइन, बागलुङ
साझेदारी बाहुउदेश्यीय सहकारी संस्थाले ‘सदस्य विस्तार सप्ताह’ संचालन गर्ने भएको छ ।
संस्थाको १४ औँ स्थापना दिवसको अवसर पारेर सहकारीले सप्ताहब्यापी अभियान सञ्चालन गर्ने भएको हो । पुस ३ गते सस्थाको १४ औँ स्थापना दिवस रहेको र सोही अवसर पारेर मंसिर २९ गतेदेखी पुस ६ गते अभियान सञ्चालन गर्न थालिएको संस्थाका अध्यक्ष तेजप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार सहकारीले बागलुङ नगरपालिकाका सबै वडामा सहकारी सचेतना कार्यक्रम संगै सदस्य विस्तार अभियान सञ्चालन गर्नेछ । सदस्यहरुमा आर्थिक सवलताको विकास गरी खुसी सदस्यको परिकल्पना सहित अगाडी बढेको शर्माले बताउनुभयो ।

‘संस्थाको स्थापना दिवसको अवसर पारेर सदस्यता विस्तारका लागि विषेश योजनाका संचालन गरेका छौ ’ अध्यक्ष शर्माले भन्नुभयो, ‘योजना अनुसार सहकारीले सदस्य र समुदाय केन्द्रीत विभिन्न गतिविधि संचालन गर्ने छ ।’

सहकारीले आगामी तीन बर्षमा ३ हजार सदस्य सहित १० करोड शेयर पूँजीपु¥याउने लक्ष्य लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *