कांग्रेस सभापतिमा देउवा निर्वाचित, कोइरालालाई थप १ सय ५३ मत

आदर्श अनलाइन,काठमाडौं

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनुभएको हो।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

देउवाले २२५८ र कोइरालाले १७०२ मत पाउनुभएको थियो । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । तेस्रो, चौथो र पाँचौ भएका तीनै उम्मेदवारको देउवालाई साथ थिएका थिए ।

२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उहाँलाई पहिलो चरणमा ८ मत पुगेको थिएन । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिनु भएको थियो ।

कोइरालाले १५३ मत बढाए

दोस्रो चरणमा कोइरालाले पनि आफ्नो १५३ मत बढाउनु भएको छ ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । २७३३ मत पाएर देउवा सभापति निर्वाचित हुँदा कोइरालाले १८५५ मत पाउनुभयो । अर्थात उहाँले ४०।१३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *