गलकोटमा नेपाल निजामती कर्मचारी युनियन गठन

आदर्श अनलाइन, गलकोट
नेपाल नीजामती कर्मचारी युनियन गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजन जिसीको अध्यक्षतामा नगर समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा डिलाराम सुनार, मिना गौतम, सचिवमा अर्जुन चालिसे, सह सचिवमा ठाकुर तिमिल्सिना, कोषअध्यक्ष लक्षमण कँडेल चयन भएका छन् । , सदस्यहरुमा जयन्ती मल्ल, सरिता ढकाल, राजन सुवेदी, इश्वर पुन, लोकेन्द्र गैरे, सुनिला खत्री, स्वरवती थापा चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस गल्कोट नगरपालिकाका सभापति वीरजङ भण्डारीले नवनिर्वाचित समितिलाई बधाई दिँदे कर्मचारीहरु आमनागरिकहरुको सेवा प्रति वफदार भएर काम गर्नु पर्ने बताए ।

उनले नेपाली काङ्ग्रेस गलकोट नगरपालिका र नेपाल नीजामती कर्मचारी युनियन सधैं सहकार्य गरि कर्मचारी एवम् आम जनताको हकहित र सेवाका लागि सँगसगै अगाडी बड्ने समेत बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बागलुङका सह–सचिव फम बहादुर खत्री, गलकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तेज बहादुर थापा, कार्यपालिका सदस्य कमला ढकाल, नेपाल पशु स्वास्थ्य प्राविधिक संघ गण्डकी उपाध्यक्ष बलाराम अधिकारीले बोलेका थिए ।

कार्यक्रम आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति सहसचि तुल बहादुर विकको अध्यक्षता नेपाल कर्मचारी युनियन बागलुङका सचिव आनन्द शमा को संचालनमा सम्पन्न भयको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *