एनआरएनए कतारद्वारा खाद्यान्न वितरण

दोहा, कतार
कम्पनीले तलब नदिएर अलपत्र श्रमिकलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले खाद्यान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपालबाट आएको २ महिनासम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको हो ।

No description available.

नेपाल स्थित ओसो रिक्युटिङ्ग एजेन्सी नामक मेनपावर बाट आएका उनीहरुलाई कम्पनीले काम गरेर पनि तलब नदिएपछि समस्या परेका हुन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रमे चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

No description available.

गैर आवासीय नेपाली संघ कतारले कतारमा कोहि पनि नेपाली खाद्यान्नको समस्या वा अन्य कुनै समस्या भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *