शालग्राम लोक भजनको आय व्यय सार्वजनिक


–आदर्श अनलाइन, बागलुङ

लोक भजनको जगेर्ना गर्ने उदेश्यले बागलुङमा सञ्चालित शालग्राम लोक भजन महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । लोक भजन महोत्सव आयोजक समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आय व्यव सार्वजनिक गरिएको हो ।

महोत्सवका अवसरमा विभिन्न व्यक्ति तथा समुहले स्वतःस्फूर्त रुपमा १३ लाख ४४ हजार २ सय ३८ रुपैयाँ संकलन भएको थियो । त्यस रकम मध्ये ६ लाख ५७ हजार ४ सय ५ रुपैयाँ खर्च भएको महोत्सवका सह–संयोजक संगम क्षेत्रीले बताउनुभयो । राष्ट्रिय लोक भजन महोत्सवबाट ६ लाख ८६ हजार ८ सय ३३ रुपैयाँ बचत भएको छ ।

लोक भजनको रक्षार्थ बागलुङ नगरपालिका–६ श्रीधाराचार्य शालग्राम संग्राहलय तिरुपति बालाजीधाम कुँडुले फेदीमा सञ्चालन गरिएको राष्ट्रिय लोक भजन महोत्सव ६ लाख ८६ हजार ८ सय ३३ रुपैयाँ बचत भएको भजन महोत्सवका संयोजक राजु खड्काले बताउनुभयो ।

भजनमहोत्सवमा साउण्ड सिस्टम र टेण्टको लागि १ लाख ६ हजार ३०, भजन समुह तथा कलाकारको लागि १ लाख ९६ हजार ८ सय, विद्युत व्यवस्थापनको लागि २७ हजार, फोटो भीडियोको लागि १० हजार, प्रचारप्रसारको लागि ११ हजार ७ सय ९०, ब्रह्माण दक्षिणा पूजाको लागि ७४ हजार २ सय, छपाई तथा फ्रेमको लागि १ लाख ५० हजार ९ सय ५५, भोजन तथा प्रसादीको लागि ५५ हजार ७ सय ३०, म्याट फमको लागि १४ हजार ९ सय, गेट निर्माणको लागि १० हजार रुपैयाँ खर्च भएको छ । भजनमा सहभागी ४७ समूहलाई रु. पाँच हजारका दरले यातयात खर्च दिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *