वित्तिय साक्षरता दिदै ग्लोबल बैंक

आदर्श अनलाइन, बागलुङ
ग्लोबल आइएमई बैंकद्वारा एक दिने वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ तालिम बिहिबार बागलुृङमा सम्पन्न भएको छ ।

बैंकका डिजिटल सेवाग्रहायी, विद्यार्थी र सर्वसाधारण गरी १ सय ५० जनालाई वित्तिय जानकारी र डिजिटल बैंकिङको बारेमा तालिम दिएइको हो ।

तालिममा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले ग्लोबल बैंकले देशभरी गरेको काम र बैंकको सेवा सुविधाको बारेमा तालिममा सहभागीहरुलाई बताउनु भएको थियो । सिल्वालले अहिले वाणिज्य बैंकहरु मध्ये विभिन्न परिसूचकमा ग्लोबल बैंकले अग्रणी स्थान हासिल गरेको बताउनुभयो ।


तालिममा ग्लोबल बैंकका डिजिटल बैंकिङ शाखा प्रमुख प्रकाश पौडेले डिजिटल बैंकिङको फाइदा र बेफाइदाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले डिजिटल बैंकिङ सेवा कसरी लिने र अहिलेको समयमा घरमै बसेर सबै कुराको जानकारी र आर्थिक काम गर्न सकिने कुरा तालिममा राख्नु भएको थियो । पौडेलले ग्लोबल आइएमईले डिजिटल सेवाहरुमा डेबिट तथा क्रेडिट कार्ड सुविधा, मोबाईल तथा इन्टरनेट बैंकिङ सुविधा, कियु आर कोड भुक्तानी सुविधा, कनेक्ट आइपिएस लगाएत विभिन्न वालेट सेवा बैंकले दिएको बताउनुभयो ।

तालिममा ग्लोबल बैंकका बजार व्यवस्थापक राहुल भुजुले कर्जा लगानी, व्याजदरको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले कर्जा लगानी कसरी गर्ने र जोखिम कर्जा भनेको के हो जस्ता कुरालाई तालिममा जानकारी दिनुभएको थियो । उहाँले मानिसहरुले बचत गर्ने बानि बसाल्नुपर्ने भन्दै आर्थिक रुपमा सवल हुनका लागि बचत अति आवश्यक रहेको बताउनुभयो ।
भुजुले ग्लोबल बैंकले अहिले सम्म देशभरीमा ५० हजार भन्दा बढी मासिनहरुलाई विभिन्न किसिमको कर्जा उपलब्ध गराएको जानकारी दिनुभयो ।

कार्यक्रम ग्लोबल आइएमई बैंक बागलुङ शाखा प्रमुख हेमराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *