कुश्मिसेरा बजारको एक होटलमा आगलागी


–आदर्श अनलाइन, बागलुङ
मध्यराति बागलुङको कुश्मिसेरा बजारमा आगलागी भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा तल्लोबजार स्थित किचेन चेकप्वाइन्ट होटलमा आगलागी भएको हो ।

जैमिनी नगरपालिका १० राङ्खानीका पुरन श्रीसले सञ्चालन गर्दै आउनुभएको होटलमा रातको करिव सवा ११ बजे आगलागी हुँदा होटलका सबै सामान जलेर नष्ट भएको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । होटलको फ्रीजमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगो लागेको करिव आधा घण्टापछि स्थानीयहरुको सहायतामा नियन्त्रणमा आएको थियो । स्थानीय नारायण आचार्यको घरमा रहेको फाएर फाइटिङको सहायताले आगो नियन्त्रणमा लिइएको होटलका सञ्चालक पुरन श्रीसले बताउनुभयो । ग्लोबल आइएमई बैंकको पनि फाएरफाइटिङ ल्याएपनि आगो नियन्त्रणमा आएकाले प्रयोग गर्नु परेको थिएन ।

सुरुमा आगलागी भएपछि ग्लोबल बैंकका सुरक्षा गार्डले थाहा पाएर हल्लाखल्ला गरेपछि स्थानीयहरु आएका थिए । आगालागीबाट मानवीय क्षति नभएपनि होटलमा रहेका फ्रीज, टेबल कुर्सी, हिटर, टिभी लगाएतका सामग्रीहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *