अखाद्य बस्तु नष्ट


–आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा अनुगमनका क्रममा फेला परेका अखाद्यय वस्तु नष्ट गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु उद्योग बिकास, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र पत्रकारको रोहवरमा बजार अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तु जलाएर नष्ट गरिएको छ ।

बजार अनुगमनका क्रममा विभिन्न व्यवसायीहरुको पसलमा बिक्री वितरणका लागि राखिएका ध्यू, बिस्कुट, भुजा, सुजी, कुरकुरे, कोकाकोला र तिलको तेल लगायत म्याद गुज्रिएका अखाद्य बस्तु बागलुङ नगरपालिका वडा नम्बर १ सिथ्त मालढुंगामा लगेर नष्ट गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । केही दीन अघि एक दर्जन पसलहरुबाट बजार अनुगमनका क्रममा बरामद गरिएका १७ प्रकारका अखाद्य बस्तुहरु सरोकारवालाको रोहबरमा जलाएर नष्ट गरिएको हो ।

बागलुङ बजारमा राष्ट्रिय उपभोक्ता मन्च, प्रहरी प्रशासन लगायतका सरोकारवालाले पटक–पटक बजार अनुगमन गर्ने जरिवाना गर्ने गरेपनि बजारमा भने म्याद गुज्रिएका तथा अखाद्यय बस्तु भेटिने क्रम भने रोकिएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *