ऐतिहासिक स्थल ओदानडाँडाको संरक्षणमा सहयोग गर्नेलाई सम्मान

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश स्थित ऐतिहासिक स्थल ओदानडाँडालाई विभिन्न माध्यमबाट सहयोग पु¥याएने २५ जनालाई सम्मान गरिएको छ ।

आज ओदानडाँडा मन्दिर व्यवस्थापन तथा संरक्षण संस्थाले एक कार्यक्रमको आयोजना गरी ओदानडाँडाको संरक्षणमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नेलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले सयौ वर्ष पुरानो कृतिम ओदान संरक्षण गरिरहेको स्थानलाई धार्मीक पर्यटकीय गन्तव्य बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले ओदानडाँडाको संरक्षण, विकास तथा यस स्थानदेखि धनिखोरिया जोड्ने झोलोङ्गे पुल निर्माणमा गाउँपालिकाले पहल गर्ने बताउनुभयो ।

उहाँले ओदानडाँडामा सहज पहुँचका लागि पदमार्ग यसैवर्ष निर्माण गरिने बताउनुभयो । यस वर्ष गाउँपालिकाको सहयोगमा सत्तल निर्माण गरिएको जानकारी दिनुभयो । कार्यक्रमका ओदानडाँडा संरक्षण, मन्दिर निर्माण लगायतमा सहयोग पु¥याउने वडा अध्यक्ष प्रेम लामिछाने, काठेखोला गाउँपालिका कार्यपालिका सदस्य सारदा थापा, अभिवक्ता राजु प्रसाद गौतम, सिगाना माध्यामिक विद्यालयका प्रचार्य गोपाल कुमार शर्मा, दिनानाथ शर्मा, र साना किसान सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्की लगायत २५ जनालाई सम्मान गरिएको थियो ।

गौतमहरुको संरक्षणमा रहेको उक्त ओदानडाँडालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि साझा संकल्प आवश्यक रहेको सम्मान कार्यक्रममा सहभागी वक्ताहरुले बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँकार्यपालिका सदस्य शारदा थापा, सिगाना माध्यामिक विद्यालयका प्रचार्य गोपाल कुमार शर्मा, धौलागिरी क्याम्पसका पूर्व सह–प्रध्यापक हरी प्रसाद गौतम, दिनानाथ गौतम र रेश नून्थला माध्यामिक विद्यालयका प्रधानध्यापक ओम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममाआय व्यय प्रस्तुत कार्यक्रममा रामचन्द्र गौतम, गोविन्द प्रसाद गौतमले गर्नूभएको थियो । कार्यक्रम ओदानडाँडा मन्दिर तथा संरक्षण संस्थाका अध्यक्ष इश्वरी प्रसाद गौतमको अध्यक्षता, कोषाध्यक्ष विष्णु प्रसाद गौतमको स्वागत तथा प्रजापती गौतमको सञ्चालनमा सम्पन्न भएको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *