बागलुङमा आदिवासी जनजाति किशोरीका लागि क्षमता अभिवृद्धी तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आदिवासी जनजाति किशोरीका लागि चार दिने क्षमता अभिवृद्धी तथा वकालत सम्बन्धी तालिम बिहिबारदेखि सुरु भएको छ । नेपाल आदिवासी जनजाति महिला मञ्चको आयोजना, नेपाल आदिवासी जनजाति पत्रकार (फोनिज) बागलुङको समन्वय र क्यानडा सरकारको सहयोगमा तालिम संचालन भएको हो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशोकान्ती भट्टचनले पुस्ता हस्तान्तरण नहुँदा आदिवासी जनजातिहरुको संस्कार संस्कृति, भेषभूषा र भाषाहरु लोप हुँदै गएको बताउनुभयो ।

भट्टचनले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण गर्नको लागि पुस्ता हस्तान्तरणको जरुरी रहेको भन्दै अबका युवाहरुले यस प्रति ध्यान दिनु पर्नेमा जोड दिनुभयो । जनजातिहरु पछाडी परेको वर्ग र त्यसमाथि पनि महिलाहरु अझै पनि सक्षम बन्न नसकेको भन्दै अबका युवाहरु त्यो दिशा तर्फ अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका निर्वतमान अध्यक्ष संगम घर्ती मगर, पत्रकार महासंघ बागलुङका सचिव विजय राना र पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, सदस्य लक्ष्मी अर्गेजा मगरको स्वागत र सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।

तालिममा जिल्लाको विभिन्न स्थानबाट ३५ जना किशोरीहरुको सहभागिता रहेको छ । तालिम पौष ११ गतेसम्म चल्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *