सहकारीलाई सदस्य केन्द्रीत योजना बनाएर काम गर्न महासंघका सञ्चालक जिसीको आग्रह

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुलाई सदस्य केन्द्रीत योजना बनाएर काम गर्न सुझाव दिनु भएको छ ।

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको सातौ वार्षिक साधारणसभाको शुक्रवार उद्घाटन पछि बोल्दै प्रमुख अतिथि जिसीले सदस्यको चाहना, आवश्यकता र संभावनालाई मध्यनजर गरी योजना निर्माण गरेर काम गर्न सके सहकारीहरु सफल हुने धारणा राख्नु भयो ।

जिल्ला तथा विषयगत सहकारी संघहरुलाई रणनीतिक योजना निर्माण लगायत व्यवसायिक र क्षमता विकासका लागि महासंघले नियमित रुपमा तालिम सञ्चालन गरेको जानकारी गराउदै उहाँले सहकारी संघ संस्थाहरुलाई सफल बनाउनका लागि सहकारी शिक्षालाई प्रभावकारी बनाउनु पनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले मुलुकमा देखिएको तरलता संकटले सहकारी क्षेत्रमा पारेको प्रभावका बारेमा सचेत हुन आव्हान गर्नु भयो ।

सहकारी क्षेत्रमा देखिएको तरलताको संकट समाधानका लागि सहकारी सम्वद्ध सबै सरोकारवालाहरुबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उहाँले सहकारी संस्थाहरुले तरलता अभावका कारण आउन सक्ने जोखिम व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार अशोकगोविन्द राजभण्डारी, संघका लेखा समितिका संयोजक हुम बहादुर थापा लगायतले बहुउद्देश्यीय सहकारीहरुलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा बहुउद्देश्यीय सहकारी संघले योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष कुशुम बुढाको स्वागत र सचिव रुद्र बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका कोषाध्यक्ष शिवकला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *