राष्ट्रिय सहकारी बैंकलाई भारतीय एग्रीकल्चर कन्क्लेभ तथा नेडाक अवार्ड

आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) ले भारतको ‘किसान दिवस’ को अवसरमा आयोजित एक समारोहमा ‘एग्रीकल्चर कन्क्लेभ तथा नेडाक अवार्ड २०२१’ प्राप्त गरेको छ । ग्रामिण कृषि क्षेत्रलाई समर्पित डिजिटल मिडिया प्लेटफर्मले ग्रामीण भ्वाइस एग्रीकल्चर कन्क्लेभको पहिलो वार्षिकोत्सवमा इन्डिया ह्याबिटेट सेन्टर, नयाँ दिल्लीमा २३ डिसेम्बर २०२१ मा आयोजित कार्यक्रममा भारतका केन्द्रीय कृषि एवम् किसान कल्याण मन्त्री नरेन्द्र सिहं तोमरले उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईलाई प्रदान गर्नु भएको थियो ।

नेपालको राष्ट्रिय सहकारी बैंकको रूपमा स्थापना भई ग्रामिण कृषि, सहकारीको क्षेत्रमा नवप्रवर्तन र नयाँ विचारहरूका साथ ति क्षेत्रको लागि उत्कृष्ट काम गरेको भन्दै एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको बिकासका लागि संजाल (नेडाक) र ग्रामीण भ्वाइसको समितिले यस वर्षको पुरस्कार राष्ट्रिय सहकारी बैंक लिमिटेड. नेपाललाई दिने निर्णय अनुसार उक्त अवार्ड प्रदान गरेको आयोजकले जनाएको छ ।

अवार्ड ग्रहण पछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईयो) गुरागाईले “सहकारीको माध्यमबाट कृषि तथा ग्रामिण क्षेत्रमा स्थानीय रुपमा उपलब्ध श्रोत तथा साधनको समुदाय स्तरमा न्यायोचित वितरण गरी सदस्यहरुको जीवन स्तरमा परिवर्तन गरि गरिबी न्यूनिकरणमा सहयोग, रोजगारी सृजनामा उल्लेख्य भूमिका निर्वाह गर्दै ग्रामिण क्षेत्रमा रहेका सहकारीहरुलाई प्रविधिमैत्री सेवाको बिस्तार एवम् वित्तीय पहुंचको प्रबद्र्धन र बिस्तारमा गरेको योगदानलाई कदर गरि अवार्ड प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नु भयो ” ।

कार्यक्रममा दिल्लीका मन्त्रीहरू, प्रतिष्ठित सरकारी कार्यालयका कर्मचारीहरू, शिक्षाविद्हरू र नीति विशेषज्ञहरू प्यानलको रूपमा सहभागि भएका थिए, भने केन्द्रीय मन्त्रीहरू, भारतको नीति आयोगका सदस्य प्रा.रमेश चन्द, नवगठित मन्त्रालयका सचिव, सरकारका अन्य उच्च अधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी विकास निगम, मदर डेरी, राष्ट्रिय डेरी अन्तर्गतको उद्यम विकास बोर्ड र एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको बिकासका लागि संजाल (नेडाक) को सहकार्यमा भएको कार्यक्रममा भारतका विभिन्न स्थानबाट कृषि तथा उद्य्म क्षेत्रमा काम गर्ने कृषि वैज्ञानिकहरु, कृषकहरु, सहकारीकर्मीहरु सहित एक सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

तीन सत्रमा भएको कार्यक्रममा एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको बिकासका लागि संजाल (नेडाक) र ग्रामीण भ्वाइसको समितिले सम्बन्धित क्षेत्रमा योगदान पु¥याएका विभिन्न संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *