बागलुङ समाज हङकङको अध्यक्षमा अमृता राना

आदर्श अनलाइन, हङकङ
हङकङका लागि नेपाली महावाणिज्यदूत उदयजंग रानाले विदेशमा भएका सामाजिक संस्थाहरूले राजनीति गर्न नहुने बताउनुभएको छ । आईतबार बागलुङ समाज हङकङको आठौँ महाधिवेशनको अवसरमा बोल्दै सामाजिक कार्यका लागि सञ्चालित संघसंस्थाहरू विशुध्द सामाजिक कार्यमा लाग्न रानाले आग्रह गर्नुभयो । विदेशमा दुख, कष्टमा पर्ने नेपालदेखि स्वदेशमा भएका हरेक समस्याहरूमा समाजले हातेमालो गर्नुपर्नेमा रानाले जोड् दिनुभयो ।

समाजिक कार्य गर्दा विशुध्द भावना, आर्थिक पारदर्शीता महत्वपूर्ण हुने रानाको भनाई थियो । महाधिवेशनले अमृता राना मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा टिकाराम कँडेल, उपाध्यक्षमा चन्द्र पुन, सचिवमा सक्तमान बुढाथोकी, सहसचिवमा निता थापा, कोषाध्यक्षमा तेजेन्द्र बहादुर श्रीस र सहकोषाध्यक्षमा दिपक कँडेल रहनुभएको छ ।

कार्यक्रममा सचिव सक्तमान बुढाथोकिले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र बहादुर श्रिसले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महाधिवेशन समितिका निवर्तमान अध्यक्ष मान बहादुर थापाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अमृता राना मगरको स्वागत मन्तव्य र सचिव सक्तमान घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *