आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले पाेखरामा लागुऔषध चरेशसहित शुक्रबार दुईजनालाई पक्राउ गरेकाे छ । रूकुमकाे भूमे गाउँपालिका २ घर भइ पोखरा महानगरपालिका -३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा मगर र पोखरा ३२ खुदिखोला बस्ने १९ वर्षीय विकास थापा १ किलो २३० ग्राम लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
पोखरा सातमुहानेमा लागुऔषध चरेशको कारोबार तथा बिक्री वितरण भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।