आदर्श अनलाइन, मुस्ताङ
हिमाली जिल्ला मुस्ताङको ५ वटै स्थानीय तहमा हिमपात भएको छ ।मंगलबार दिउँसोबाट मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो ।हिउँ परेसंगै स्थानीयको दैनिकी समेत कष्ठकर बनेको छ । भारी हिमपात भएसंगै उपल्लो मुस्ताङको लोमान्थाङमा संञ्चार संम्पर्क समेत अवरुद्ध बनेको छ ।
जिल्लाको लोमान्थाङ,लो—घेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मंगलबार परेको हिउँ जारी सिजनकै पहिलो हिउँ भएको जानकारी दिए ।
उनका अनुसार गत मंसिरको पहिलो साता उपल्लो मुस्ताङमा आंशिक हिमपात भएपनि तल्लो मुस्ताङको तीन वटा पालिकामा हिउँ पर्न सकेको थिएन ।मुस्ताङको सबै स्थानमा हिमपात भएसंगै चिसो अत्यधिक बढेको प्रजिअ शर्माले बताए ।‘यो सिजनको हिमपात भएको छ,हिजोदेखि हिउँ परिरहेको छ,प्रजिअ शर्माले भने,‘ रातभरी हिउँ परेकाले पुरै उच्चलेंक देखि बस्ती सबै हिउले सेताम्मे भएका छन् ।’ उनले सदरमुकाम जोमसोममा आधा फिट हिउँ परेको छ भने उपल्लो मुस्ताङमा दुई फिट बढी हिउँ परेको प्रजिअ शर्माले उल्लेख गरे ।
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिक्षेत्र आसपास मंगलबार अपरान्हदेखि हिमपात जारी रहेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब सुवास अधिकारीले जानकारी दिए । उनले हिउँ परेसंगै स्थानीय पर्यटन ब्यवसायीमा उत्साह थपिएको बताए । मुक्तिनाथका पर्यटन ब्यवसायीले मुक्तिनाथ दर्शनसंगै हिउँ हेर्न आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेको उनले उल्लेख गरे ।
यस्तै, मंगलबारदेखि परेको हिमपातले उपल्लो मुस्ताङमा उच्चलेंक देखि बस्ती सबै हिउँले सेताम्मे बनेको सीमा प्रहरी कार्यालय लोमान्थाङका ईञ्चार्ज असई रमेश थापाले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा मंसिरको पहिलो सातादेखिनै चिसो अत्यधिक बढेको भएपनि अपेक्षा अनुसार हिउँ पर्न सकेको थिएन । उपल्लो मुस्ताङमा दोश्रो पटक हिमपात भएको बताए ।
मुस्ताङमा जारी सिजनको पहिलो हिमपात भएपछि स्थानीय किसान उत्साहित भएका छन् । असोज÷कार्तिकमा बोटबाट स्याउ टिपेर रिक्तिएपछि स्याउका बोटहरु उजाड छन् । स्याउबोटमा पात झरेपछि अनाधिकृत पैmलिएका हाँगाबिगा काँटछाँट गर्न स्याउ कटिङका साथै स्याउ बगैचा ब्यवस्थापन सुरु हुन्छ । स्याउ बगैचा ब्यवस्थापनको तयारी सुरु हुदै गर्दा हिउँ परेपछि स्थानीय किसानमा उत्साह थपिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले जानकारी दिए ।
स्याउ बगैचा ब्यवस्थापन तथा स्याउबारी तथा खेतमा उवा,जौ छर्ने समय हिउँ परेकाले किसानलाई फाईदा पुगेको उनको भनाई छ ।‘«उपयुक्त समयमा योसिजन हिउँ परेको छ ,हिउँले किसानले लगाएको अन्नबाली सप्रिन्छ,उनले भने,‘ एक÷दुई दिन अझै हिउँ प¥यो भने हिउँ हेर्न पर्यटक समेत मुस्ताङ आउछन् ।’
हिउँदयामको हिउँ स्थानीय किसानका लागि बरदान मानिन्छ । कृषि पर्यटनले महत्वपूर्ण जिल्लाको परिचित मुस्ताङमा स्थानीय रैथानेबालीलाई हिउँले सिन्चित गर्न मद्यत पुग्ने गर्छ । हिउँले अन्नवाली तथा स्याउको बोटको जरासम्म सिन्चित गर्दै जमिनको सतहलाई रिचार्ज गर्ने भएकाले हिउँदको हिउँले किसानलाई फाईदा पू¥याउने गर्छ । यस्तै,हिउँले स्याउ लगायतका अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमणलाई न्यूनिकरण गर्ने भएकाले किसानलाई हिउँ पर्नैपर्ने हुन्छ । एक्यापका कार्यालय प्रमुख बरालले हिउँदयामको हिउँले अन्नबालीलाई अर्गानिक मल तथा औषधिको रुपमा समेत लिन सकिने बताए ।
केही वर्षदेखि उपयूक्त समयमा हिउँ पर्न नसक्दा स्याउबोटमा विभिन्न रोग संक्रमण देखा परेको कृषिज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । उनले यो वर्ष हिमपात भएकाले स्याउ तथा अन्य कृषिबालीको उत्पादन तथा गुणस्तर वृद्धि हुने जनाए ।
मुस्ताङमा १८ वर्षदेखि माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाएसंगै उपल्लो मुस्ताङी चिसो छल्न बेसी झरिसकेका छन् । लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले कोरोना जोखिम कम भएको र उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेकाले ८० प्रतिशत नागरिक बसी झरेको बताए । उनले उपल्लो मुस्ताङ सुनसान भएको र चिसोका कारण पर्यटक समेत आउन छोडेको उल्लेख गरे । यतिबेला लोमान्थाङका होटलहरु सबै बन्द छन् ।
चिसोका कारण गाउमा भएका स्थानीयहरु घरभित्रै गुम्सिएर बसेका छन् । उपल्लो मुस्ताङमा चिसोका कारण खानेपानी र सिचाईको समेत समस्या पर्न थालेको छ भने ,घरपालुवा पशुचौपायालाई आहारा दिन र सुरक्षित गरी ब्यवस्थापन गर्न समेत मुश्किल परेको स्थानीय बताउछन् ।सदरमुकाम जोमसोम र मुक्तिनाथमा पनि आधा जसो होटल बन्द छन् ।
जलवायु परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष भारी हिमपात ,कुनै वर्ष आंिशक हिमपात र कुनै वर्ष हिउँनै पर्न छोडिसकेको थियो । मौसममा आएको फेरबदलका कारण गत वर्ष तल्लो मुस्ताङमा हिउँ पर्न सकेको थिएन । तर, उपल्लो मुस्ताङमा छिटफुट मात्र हिउँ परेको थियो । पछिल्लो समय मुस्ताङमा हिउँ पर्न छोडेर वर्षा हुने गथ्र्यो । वर्षाका कारण परम्परागत घरहरु जोखिम पर्ने गरेको छ ।