काठेखोलाको दशौं गाउँसभा : प्रविधि, कृषि र सुशासनमा फड्को


–आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । दशौं गाउँसभा यो निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम गाउँसभा हो ।



गाउँसभामा गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रगति प्रतिवेदनमा गाउँपालिकाले निकै कठिन परिस्थितिका बावजुत प्रविधि, सुशासन, कृषि र शिक्षा लगायतको क्षेत्रमा फड्को मारेको थापाले बताउनुभयो ।

उहाँले सुन्तलाको पकेट क्षेत्र विस्तार, सडकको विकास, प्रविधिमा जिल्लामै पहिलो पालिका, कालोपत्रेको शुरुवात, आलु पकेट क्षेत्र, मुख्यमैत्री नूमना कृषि गाउँ, जिरो कृषि अभियान, तीन करोडको कृषि तथा पशु परियोजना, सबै विद्यालयमा स्मार्ट टिभि, आमा सुरक्षा कार्यक्रम र उद्यमी विस्तार लगायतका काम गरेको बताउनुभयो ।



दशौं गाउँसभामा उपाध्यक्ष अर्जुन बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सन्चित कोषमा जम्मा हुन आएको रकम समेत बाँडफाँड गरिएको बताउनुभयो । खत्रीका अनुसार रु. १० लाख बराबरको ८ वटा वडामा एक/एक योजनाका लागि ८० लाख, विपद् व्यवस्थापनका लागि रु. १० लाख, स्मार्ट स्कूलका लागि रु. १० लाख, औद्योगिक स्थल निर्माणको डिपिआरका लागि रु.२० लाख र रु.१५ लाखको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको सिमानामा प्रवेशद्वार निर्माण गर्न बजेट बिनियोजन गरिएको छ ।


गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चुर्ण बहादुर कार्कीले सभामा थप बजेट बाँडफाड सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सभामा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन सेमत पारित गरिएको थियो । कार्यक्रममा सामाजिक सेवा तथा क्षमता विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य टिका संघम बिक, विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्रब १ का वडा अध्यक्ष खड्क थापा, महिला विकास समितिका संयोजक चित्रा श्रीस, आर्थिक समितिका संयोजक युक्त प्रसाद कंडेल, पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछाने र सामाजिक विकास समितिका संयोजक विद्यापती शर्माले जनप्रतिनिधिले पाँच वर्ष सम्म गरेका कामका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा दशरथ रंगशालामा हालै संचालित राष्ट्रिय स्तरको ८०० मिटर दौडमा स्वर्ण पदक बिजेता काठेखोला गाउँपालिका–७ का खेलाडी बादल कार्कीलाई नगद ३० हजार सहित सम्मान समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *