कास्की जिल्ला सहकारी संघका निवर्तमान सञ्चालकलाई सम्मान


आदर्श अनलाइन, पोखरा

जिल्ला सहकारी संघ लिमिटेड कास्कीका निवर्तमान सञ्चालकहरुलाई शुक्रवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सहकारी संघमा रहेर संघको प्रवद्र्धनमा योगदान गरेको भन्दै ४७ औं वार्षिक साधारणसभाबाट निवर्तमान भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको हो ।

संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष बलराम गौतम, लेखा सुपरीवेक्षण समितिका संयोजक महेश्वर अधिकारी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, राष्ट्रिय प्रतिनिधि सदस्य तेजनारायण अधिकारी, सञ्चालकहरु संगिता गौतम, अम्बिका कुँवर, दुर्गा पहारी र धर्मराज अर्याललाई सम्मान पत्र सहित सम्मान गरिएको संघले जनाएको छ ।

सम्मानित हुनेहरुका तर्फबाट बोल्दै निवर्तमान वरिष्ठ उपाध्यक्ष बलराम गौतमले सहकारी क्षेत्रको सबलीकरणका लागि सबै प्रकारका संघहरुबीच समन्वय आवश्यक रहेको बताउनुभयो । पोखरा महानगर सहकारी संघका अध्यक्ष समेत रहनु भएका गौतमले महानगर कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि महानगर संघ सक्रिय रहेको बताउनुभयो । कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेको स्वागत र महासचिव दिपक बाँस्तोलाको सञ्चालनमा सम्पन्न भएको थियो ।

४७ औं वार्षिक साधारणसभा गत पुसमा सम्पन्न भएको थियो । निवर्तमान सञ्चालकहरुलाई पहिला नै सम्मान गर्ने तयारी भए पनि विविध कारणले ढिला भएको संघका वरिष्ठ प्रवन्धक भोजराज घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *