मातेर गाडी चलाउँदा पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

आदर्श अनलाइन, पोखरा
पोखरामा रेवान पोखराले आयोजना गरेको सडक महोत्सवमा रक्सीले मातेर सवारीसाधन चलाउँदा एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् । ग २ च १११८ नम्बरको हाइलक्सले बगैंचामार्गमा ठक्कर दिँदा पैदल यात्री स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी तिवारीले बताउनुभयो । पोखरा लेखनाथका २९ वर्षीय चालक सुवास बिकले पोखरामा जारी सडक महोत्सवस्थलमा रक्सी सेवन गरी मातेर अन्धाधुन्ध गाडी चलाउँदा घटना भएको डिएसपी तिवारीको भनाई छ ।

डिएसपी तिवारीका अनुसार दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बराल गम्भीर घाइते हुनुभएको छ । उहाँको खुटा भाँचिएको अवस्थामा उपचार भइरहेको र अहिले अवस्था खतरामुक्त रहेको डिएसपी तिवारीले बताउनुभयो। हाइलक्सले अधिकांश सडक छेउमा पार्किङ गरेर राखेका कार तथा ट्याक्सीलाई सामान्य देखि ठुलो क्षति हुने गरी ठक्कर दिएको उहाँको भनाई छ । घटनामा संलग्न चालक सुवास र गाडीलाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *