श्री गणेश व्यावसायिक कृषि सहकारीको अध्यक्षमा पुन: खड्का

आदर्श अनलाइन, बागलुङ
श्री गणेश व्यावसायिक कृषि सहकारी सिगानाको अध्यक्षमा पुन खड्का चयन हुनुभएको छ ।संस्थाको १६ औं वार्षिक साधारणसभाबाट खड्काको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा केदार गौतम, सचिवमा रमेश थापा, सहसचिवमा गोविन्द प्रसाद गौतम र कोषाध्यक्षमा तिल बहादुर थापा रहनु भएको छ ।

यसैगरी समितिका सदस्यहरुमा सुनिल गौतम, सम्मर बहादुर जिसी, ललिता जिसी, जमुना कार्की, डिल बहादुर खड्का, पदम कुमारी जिसी, रेशम थापा क्षेत्री, धन कुमारी जिसी, भरत मल्ल र जगत जिसी रहनु भएको छ । यस्तै देव बहादुर खड्को संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । लेखा समितिका सदस्यहरुमा देवी कार्की र प्रेम बहादुर खड्का रहनु भएको छ ।

संस्थाको सल्लाहकारहरुमा जीत बहादुर क्षेत्री (राजन जिसी), गोपाल कुमार शर्मा, अनन्त बहादुर खड्का र शिवकुमार खड्का चयन हुनुभएको छ । संस्थामा हाल सम्म ३५० शेयर सदस्य रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले सहकारी मार्फत कृषिमा लगानी, उत्पादन र बजारीकरण सफल भएको बताउनुभयो । उहाँले सहकारी मार्फत उत्पादन गर्दा किसानलाई दोहोरो फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जित बहादुर जिसी (राजन), नवरत्न बहुउदेश्यीय बचत तथा ऋण सहकारीका अध्यक्ष देव बहादुर खड्का, समाजसेवी गोविन्द्र प्रसाद गौतम, व्यावसायीक कृषक रेशम थापा, समाजसेवी शिव कुमार खड्का, सिगाना मावीका प्राचार्य गोपाल कुमार शर्मा, जनप्रतिनिधि राम बहादुर खड्काले बोल्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, सचिव रमेश थापाको सञ्चालन तथा उपाध्यक्ष जमुना जिसीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *