आदर्श अनलाइन, पोखरा
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड कास्कीको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले साना व्यवसायीहरुले समेत रोजगार र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सहकारीमार्फत स्वरोजगार हुनका लागि सरकारको नीति अनुसार सस्तो व्याजमा ऋण लिनुपर्ने बताउनुभयो । उद्यम स्थापना संगै स्वरोजगारका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कमला देवी गिरीले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र पद्धतीमा चलाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारीको साख बढाउनका लागि आन्तरिक सुशासन र सदस्यहरुको हितमा काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले कास्की जिल्लाको सहकारी अभियानलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि जिल्ला सहकारी संघ, विषयगत संघहरु लगायत सबैसंग सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट संस्थाको रुपमा संघम सहकारी सम्मानित भएको थियो भने उत्कृष्ट व्यवस्थापकको रुपमा फेवा बचत तथा ऋण सहकारी प्रमुख कार्यकायरु अधिकृत हरिभक्त पौडेल सम्मानित हुनुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष भेषराज बरालको अध्यक्षता, संघका उपाध्यक्ष श्रीकान्त ढुगानाको स्वागत, सहकारीका सात सिद्धान्त बाचन सह–सचिव मिना रानाभाट कार्यक्रम सञ्चालन संघका सचिव इश्वर प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहकारीका वरिष्ट प्रशिक्षक कुभेर निरौराले सहकारी सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो ।