सहकारी बैंकको कर्णाली प्रदेश स्तरीय साधारण सभा, सहकारी मार्फत मात्र समाजवाद सम्भव : सभामुख शाही

आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई ६ अन्तर्गत कर्णाली प्रदेशस्तरीय सभा आइतवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भएको छ । पहिलो पटक प्रदेशस्तरमा भौतिक उपस्थितिमा भएको वार्षिक साधारणसभाको कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले उद्घाटन गर्नु भयो ।

साधारणसभा उद्घाटन पछि बोल्दै सभामुख शाहीले सहकारीको व्यवसायिक प्रवद्र्धनबाट मात्र समाजवाद सम्भव भएको बताउनु भयो । “विपन्न वर्गसम्म सरकारको पहुँच पु¥याउनको लागि सहकारी क्षेत्र सबै भन्दा प्रभावकारी माध्यम र जनताको आर्थिक रुपान्तरणका लागि सहकारी व्यवसाय नै प्रभावकारी हुन्छ, सभामुख शाहीले भन्नुभयो,–‘सहकारी क्षेत्रलाई आम समुदायको आर्थिक सामाजिक रुपान्तरण हुने गरी प्रवद्र्धनका लागि राज्य र सहकारीबीच सहकार्य गर्न आवश्यक छ ।’

सहकारी बैंकले लोकतान्त्रिक अभ्यास र संघीयताको मर्म र भावना अनुरुप विकेन्द्रीकरणमा आधारित साधारण सभा गरेकोमा खुसी लागेको छ, यो सहकारीमा रहेको निकै सुन्दर लोकतान्त्रिक पद्दती हो । कर्णाली प्रदेशको आर्थिक विकासका लागि प्रदेश सरकारले सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा लिनुपर्ने भन्दै यहाँको विकासको लागि बैंकले योगदान गर्ने कुरामा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो” ।

No description available.

साधारण सभामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन) का महासचिव दामोदर अधिकारी, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारु, जिल्ला सहकारी संघ लिमिटेड कालीकोटका अध्यक्ष तथा प्रस्तावित प्रदेश सहकारी संघ कर्णालीका सचिव काली बहादुर महतरा, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशस्तरको पुरस्कार वितरण गरिएको थियो । कर्णाली प्रदेश अन्तरगत उत्कृष्ट हुने बचत तथा ऋण तर्फको पुरस्कार जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड विरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ सुर्खेत र बचत तथा ऋण बाहेकका सहकारीहरु मध्ये बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विरेन्द्रनगर नगरपालिका वडा नम्बर–९ सुर्खेतलाई पुरस्कार वितरण गरिएको हो ।

शाखातर्फ उत्कृष्ट र नियमित कारोवार गर्ने सुर्खेत शाखा कार्यालय अन्तर्गत साना किसान कृषि सहकारी संस्था लिमिटेड विरेन्द्रनगर नगरपालिका वडा नम्बर–९, सुर्खेत उत्कृष्ट र गणेश जल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विरेन्द्रनगर नगरपालिका वडा नम्बर–३, सुर्खेत नियमित दैलेख शाखा कार्यालय अन्तर्गत कात्रलेतडा बहुउद्देश्यीय सहकारी संस्था बुद्देश्वर–६, उत्कृष्ट र भेरी कर्णाली बहुउद्देश्यीय सहकारी संस्था नारायण नगरपालिका–१, लाई नियमित कारोबारको नाम घोषणा गरिएको छ । शाखा तर्फको उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई पछि कार्यक्रमको आयोजना गरि वितरण गर्ने बैकले जनाएको छ ।

साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीहरुको प्रवद्र्धनका लागि सहकारी बैंकले वित्तीय कारोबारसंगै संस्थागत विकास, व्यवसायिक कारोबारमा समेत सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेती, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैककको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीति नियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गर्नु भएको थियो ।

सुदूरपश्चिम प्रदेशबाट पुस १६ गते देखी सुरु भएको साधारणसभा पुस २० गते एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि बुटवल, पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।

त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमती प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर–१ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकका संचालक विजया धितालले संचालन गर्नु भएको साधारण सभामा बैंकका संचालक हरिहरनाथ योगीले स्वागत मन्तव्य राख्नु भएको थियो । साधारणसभामा प्रस्तुत गरिएको सबै प्रतिवेदनहरु बन्दसत्रले सर्वसम्मत पारित गरेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *