हिम पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु

आदर्श अनलाइन, मनाङ

हिमपहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको नासो गाउँपालिका वडा नं -४ ओडार बस्ने ५५ वर्षीय आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङको हिम पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ गएको बुधबार तपकी स्थित भेडी गोठबाट घर फर्कने क्रममा स्थानीय दफाडी जंगलको हिम पहिरोमा परी बेपत्ता भएका थिए।

घटनाको जानकारी पश्चात प्रहरी र स्थानीयले उनको खोजिकार्य गर्दै आएकोमा आइतबार बिहान ८ बजेको समयमा सोही स्थानको फ्लेमरो जंगलमा हिउँले पुरिएको अवस्थामा उनको शव फेला परेको थियो। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *