विदेशबाट फर्केर गाउँमै पौडेलको व्यवसायिक कृषि

आदर्श अनलाइन, म्याग्दी
जापानमा १० वर्ष विताएका मंगला गाउँपालिका–२ तल्लो डडुवाका युवा कृष्ण पौडेलले ब्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्तापित गर्दै लगडाउनको समयमा कृषि र पशुपालनलाइ व्यवसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका छन् ।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मैके कोदो खेती रहेको बारीलाई विस्तापित गरेर चारसय सुन्तला लगाएका छन् भने करिब दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक कृष्ण पौडेलले बताए । गत वर्ष उत्पादन भएका सुन्तला काठमाण्डौ पु¥याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पु¥याउन ब्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन्। गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेल यस वर्ष आम्दानी बढ्ने अनुमान गरेका छन् ।सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ ।

मकै कोदो लगायतको खेतीलाई विस्तापित गरेर सुन्तलासंगै टमटर, बन्दा काउली लगायतको तरकारी खेतीबाट मासिक रुपमा १५ हजार भन्दा बढी आम्दानी गरेका छन् । पौडेले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यवसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन् । करिब २० लाख लगानी विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र लोक्कल बाख्रा पालन समेत गरेका छन् । क्रस बोयर पाठापाठी उत्पादन गरेर विक्रि गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलले भने ।

उनको व्यवसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न मंगला गाउँपालिका २ लाख, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घासँ काट्ने चापकटर अनुदान पाएका छन् ।उनले सुरु गरेको व्यवसायमा एकजनालाई रोजगार दिएका छन् भने बुवा आमा तेजराज र टिकाकुमारी पौडेलले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पु¥याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोकालाई विक्रिका लागि बजार पठाउन सहज भएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *