ढोरपाटनका बाढी पीडितका लागि न्यानो लुगा

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनका बाढी पीडितका लागि विभिन्न सामाजिक संस्थाहरु मिलेर न्यानो लुगा र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

रोटरि इन्टरनेश्नल, रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९, जोन १६ र १७ अन्तरगतका क्लबहरु (रोट्रयाक्ट क्लब अफ अन्नपूर्ण, रोट्रयाक्ट क्लब अफ बाग्लुङ, रोट्रयाक्ट क्लब अफ गलकोट बागलुङ, रोट्रयाक्ट क्लब अफ पोखरा गण्डकी मेडिकल कलेज, रोट्रयाक्ट क्लब अफ पर्वत र रोट्रयाक्ट क्लव अफ पर्वत पोखरा) को सहयोग तथा रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोटरि क्लव अफ बागलुङ, रोटरी क्लव अफ पोखरा, रोटरि क्लब अफ बुर्तिबाङ ढोरपाटन तथा नेष्डो समृद्द लघुवित्त वित्तिय सस्थाको सहकार्यमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका बाढी पिडितका लागि न्यानो लुगा वितरण गरिएको छ ।

ढोरपाटन नगरपालिकाको वार्ड नम्बर २,३,६,७,८ र ९ का बाढी पीडित, गरिब तथा विपन्न घर–परिवारलाई न्यानो पन सबैका लागि भन्ने उद्देश्य का साथ फाइबर सिरक र म्याटेस्ट वितरण गरिएको छ भने ओएलनेस इन्टरनेशनलको सहकार्यमा प्रथामिक उपचार बक्स बितरण समेत गरिएको रोट्रयाक्ट क्लव बागलुङका अध्यक्ष सिव केसीले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा स्वास्थ्य जनचेतनात्मक कार्यक्रम तथा सडक दुर्घटना न्यूनिकरण सम्बन्धी विभिन्न सचेतनात्मक स्टिगर टास्ने कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ बागलुङका अध्यक्ष सन्जय श्रेष्ठ, रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनका अध्यक्ष तुलसी शर्मा, जोन १७ का प्रदिप पहारी, विभिन्न वार्डका जनप्रतिनिधिहरु र सहयोगी क्लबका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *