लागू औषध गाँजासहित एक किशाेर पक्राउ

आदर्श अनलाइन, बागलुङ

पाेखरामा अवैध लागूऔषध गाँजासहित एक किशाेर पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित रसुवाकाे नौकुण्ठ गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

बा ३ ख ८४५७ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *