जनमत मावि पैयुँपाटाको ४१औं वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयको ४१औं वार्षिकोत्सव समारोह बुधबार सम्पन्न भएको छ । वार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ति स्थानिय, प्रदेश र संघ तिनै तहको सरकारले चासो दिनुपर्ने बताए ।

उनले विद्यालयको शैक्षिक विकासका निम्ती शिक्षक अभिभावक सवैको उत्तिकै दायित्व भएको बताए । पौडेलले पछिल्लो समयमा सामुदायिक विद्यालय प्रति विद्यार्थीको चाप बढ्दै गएको र त्यसको व्यवस्थापनमा भने केही चुनौती रहेको बताए । उनले अझै पनि दरबन्दी मिलानका काम हुन नसक्दा विद्यार्थी चाप भएको विदालयमा शिक्षक कमी र शिक्षक बढि भएको विद्यालयमा विद्यार्थी कम भएको हुँदा यसलाई तत्काल व्यवस्थापन गर्न जरुरु रहेको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी गौरब रानाले नगरक्षेत्रका विद्यालयको संस्थागत विकासका निम्ती नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

वार्षिकोत्सव समारोहमा नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष टेकबहादुर रोका, समाजसेवी एवं शिक्षा प्रेमी डा. रामबहादुर केसी, गणेश माध्यामिक विद्यालयका प्रध्यानध्यापक एवं विद्यालयका शैक्षिक परामर्श समितिका सदस्य एकनाथ रिजाल, विद्यालयका संस्थापक डिल्ली प्रसाद शर्मा, एकनाथ दुर्पादेवी प्रतिभा पुरस्काका अध्यक्ष एकनाथ रेग्मी, भुपुसैनिक प्रतिभा पुरस्कार निलसिंहराज पाठक, परमपुण्यश्वरी प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमनाथ शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल २ सय ३४ जना विद्यार्थी अध्ययनरत रहेका छन भने १८ जना शिक्षक तथा कर्मचारी रहेका छन ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद रिजालको अध्यक्षता, शिक्षक लिलाधर रिजाल, विद्यार्थी सृष्टी रिजाल र सन्दीप रिजालको स्वागत साथै शिक्षक ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *