काँग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) ले कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश (ख)ले क्षेत्र भित्र पर्ने सबै पालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षणका कार्यक्रम संचालन गर्ने भएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन मार्फत हालै नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकमा सचिवद्धय लक्ष्मी प्रसाद सापकोटा र बालकृष्ण शर्माले ल्याएका कार्ययोजना माथि छलफल गर्दै उक्त निर्णय गरेको हो ।

बैठकले क्षेत्रीय अधिवेशनमा सहयोग गर्ने सवैलाई धन्यबाद प्रकट गर्दै अगामी दिनमा सवै गाउँ गाउँमा काँग्रेसको संठनलाई बलियो बनाउने प्रशिक्षणका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको संघिय क्षेत्र नं. १ प्रदेश (ख) का सचिव बालकृष्ण शर्माले जानकारी दिए । कार्यकर्ताको क्षमता अभिबृद्धिका लागि कलष्टर निर्माण गरेर प्रशिक्षण कार्यक्रम संचालन गर्ने शर्माले बताए ।

‘आगामी चैत्र मसान्त भित्रमा सवै कलष्टरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने छौं सचिव शर्माले भने,–‘कार्यकर्ताको क्षमता अभिबृद्धि गर्ने र संगठन विस्तार गर्ने मुख्य लक्ष्य हो । त्यो लक्ष्य प्राप्ती गरी अगामी निर्वाचनमा यस क्षेत्रमा काँग्रेसको नेतृत्व स्थापित गर्नेछौं ।’

क्षेत्रीय समितिले प्रत्येक ६÷६ महिनामा पार्टीको संगठानिक प्रतिवेदन र विविध कार्यक्रमको यथार्त प्रगति विवरण सहितको अर्धबार्षिक रुपमा पार्टीको बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको क्षेत्रीय सभापति दलबहादुर श्रीसले बताए । समितिले अगामी निर्वाचनलाई लक्षित गरी माघ १९ गते देखी प्रत्येक वडामा निर्वाचन लक्षित कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

अघिल्लो कार्यसमितिले संचालन गरेको विपि स्मृति अक्षकोषलाई पनि निरन्तरता दिँदै अझै बढि कोषको स्थापना गर्ने श्रीषले बताए । उनले यस क्षेत्रमा संगठन बलियो बनाउनका निम्ती वडा र टोल–टोल सम्मका कार्यकर्तालाई जिम्मेवारी प्रदान गरी निरन्तर पार्टी प्रति उत्तरदायित्व गराउने योजना रहेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *