गुडिरहेकाे बसको पाङग्रा जमिनमुनि गड्यो

आदर्श अनलाइन, पोखरा

पोखरा महानगरपालिका ३ नदिपुरमा जमिन भासिएर गाडीको पाङग्रा जमिन मुनि गडेको छ । पोखरा नगर यातायात प्रालिको ग १ ख ६४५४ नम्बरको बस छोरेपाटन तर्फ जाँदै गर्दा गाडीको अगाडि पटीको पाङग्रा जमिन मुनि पसेको हो ।

नदिपुरकाे सडक केही दिनअघिमात्र अस्फाल्ट पिच सम्पन्न भएको थियाे । गुडिरहेको गाडिको पाङग्रा एकासि जमिन मुनि खसेपछि बस भित्रका यात्रुहरु त्रसित भएर भागाभाग चलेकाे एक स्थानीयले बताए ।


गत भदै १६ गते नदिपुरमै अविरल वर्षाले जमिन भासिदा तीन वटा घरसहित सडकमा क्षति पुगेको थियो । पोखरामा जमिन भासिने भइरहेपनि बिहीबार के भएर जमिन भासियो नखुलेको प्रहरीले जनाएको छ ।

पाेखरामा प्राकृतिक कारण जमिन भासिने सम्भावन बढि भएपनि बिहीबार गुडिरहेको गाडी भासिनुले प्रश्न चिन्ह खडा गरेकाे छ । एक स्ठानीयका अनुसार भखरै सम्पन्न अस्फाल्ट पिच गर्दा राम्राेसँग माटाे नपुदा भासिएकाे बताए । भुगर्भविद्हरुका अनुसार पोखराको जमिन भासिनुमा अव्यवस्थित ढलले सडक निमार्णमा लापरबाहि यसका कारणहरु हुन् ।


भुगर्भविदका अनुसार पोखराको महेन्द्रपुल, अर्मला, सिमलचौर, सितापाईला विन्ध्यवासिनी, नदीपुर, मालेपाटन, छोरेपाटन लगायतका क्षेत्रको जमिन कमजोर छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *