–आदर्श अनलाइन,बागलुङ
नेकपा एमालेको नवौँ बागलुङ जिल्ला अधिवेनबाट भूगोल तर्फको सदस्यमा गलकोट नगरपालिकाबाट तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यमा सर्वसम्मत निर्णयमा फरिन्द्र थापा, पदम कार्की र मणिकर्ण परियार रहेका छन् ।
शुक्रबारदेखि देशैभर एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । बागलुङको जिल्ला अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश सदस्य ममतादेवी शर्माले दाबी गरेका छन् । यस अघि भैगोलतर्फका सदस्यमा ताराखोलाबाट समेत सर्वसम्मत भएको छ ।
अन्य पदममा पनि दजनौँ नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । नेतृत्वसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मतिमै टुङ्याउने एमाले बागलुङका एक नेताले जानकारी दिनुभयो ।