आदर्श अनलाइन, बागलुङ
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीले लक्ष्य अनुरुप कार्य गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नव रामरेखा तरकारी सहकारी संस्थाका अध्यष नारायण प्रसाद शर्मा, शेयर सदस्य तथा वुर्तिवाङ मालपोत कार्यालयका प्रमुख डिल बहादुर केसी, जिल्ला सहकारी संघका सल्लाहकार तोयानाथ गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा प्रगती प्रतिवेदन सचिव राम प्रसाद उपाध्यय, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गाविन्द प्रसाद शर्मा र लेखा समितिको प्रतिवेदन लेखा समितिका सदस्य यादवनाथ उपाध्यायले प्रस्ततुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मेहन्द्र सिंह रायमाजीको अध्यक्षता, सचिव राम प्रसाद उपाध्ययको सञ्चालन तथा सञ्चालक बद्री प्रसाद पौडेलको स्वागतमा सम्पन्न भएको थियो । संस्थामा ३७१ जना शेयर सदस्य, शेयरपूजी ५० लाख ७७ हजार र आर्थिक वर्ष २०७७÷७८ रु. चार करोड ३५ लाख ९१ हजारको कारोबार भएको थियो ।
यस्तै सहकारीमा मुकुन्द प्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा बद्री प्रसाद पौडेल, सचिव राम प्रसाद उपाध्याय, कोषाध्यक्षमा गोविन्द प्रसाद शर्मा रहनुभएको छ । यस्तै सदस्यमा गंगादेवि शर्मा, सहनसिला श्रेष्ठ, जुना शर्मा पन्त, विपिन थापा, कृष्ण बहादुर खत्री, मुकुन्द प्रसाद शर्मा र फरिन्द्र आचार्य रहनुभएको छ ।
यस्तै पिङ्गलराज गौतमको संयोजक र यादवनाथ उपाध्यय तथा कल्पना शर्मा सुवेदी सदस्य रहेको लेखासमिति गठन गरिएको छ ।