आदर्श अनलाइन, बागलुङ
हातेमालो लघु उद्यमी सहकारी संस्था लिमिटेड बागलुङको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघकी संचालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीले बचत तथा ऋणको मात्रै काम नगर्ने भन्दै यसले नागरिकलाई उद्यमशील समेत बनाउने बताउनुभयो ।
जिसीले सहकारीले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका धेरै नागकिरलाई सहकारीमा जोड्नु पर्नेमा जोड दिनुभयो । न्यून वर्गका नागरिकलाई उत्पादनमुलक क्षेत्रमा जोड्न र सेवा मुलक कार्यमा लाग्न सहकारीहरु अग्रसर हुनु पर्ने जिसीको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष फुलकुमारी थापाको अध्यक्षता र यामबहादुर भुजेलको संचालनमा सम्पन्न भएको थियो ।