आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा ध्रुबप्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको छ । सहकारीको २३ औं वार्षिक साधारण सभाबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।
सहकारीको उपाध्यक्षमा युवराज राजभण्डारी, सचिवमा महेन्द्रप्रसाद कंडेल, कोषाध्यक्षमा पवनलाल राजभण्डारी, सह–सचिवमा सुनिता पुरी, सदस्यमा खगराज शर्मा, हरिराम अधिकारी, बाबुकाजी केसी, कृष्णराज शर्मा, सिर्जु राजभण्डारी, कल्पना श्रेष्ठ, सानु भारी, सिताकुरमारी केसी रहनु भएको छ ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा एकबहादुर केसी, लेखा सदस्यमा शिवराज शर्मा र महिला तर्फ रितादेवी शर्मा चयन हुनुभएको छ । सहकारीले सोमबार नयाँ सञ्चालक समितिको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
निर्वाचन समितिका संयोजक काजीगाउँले श्रेष्ठले नयाँ सञ्चालक समितिलाई सपथ ग्रहण गराउनुभएको थियो । संस्थामा एक हजार २२६ जना शेयर सदस्य, ८ करोड ९ लाख २ हजार शेयरपूँजी रहेको संस्थाका प्रबन्धक दिपकराज राजभण्डारीले जानकारी दिनुभयो ।