बागलुङ कालिका बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ कालिका बचत तथा ऋण सहकारी संंस्था लिमिटेड बागलुङको अध्यक्षमा भिमसेन कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको मंगलवार सम्पन्न चांैधौ वार्षिक साधारण सभाबाट श्रेष्ठ सहित १५ जनाको संचालक समिति सर्वसम्मत चयन भएको हो । संचालक समितिको उपाध्यक्ष नरिश्वर शर्मा, सचिव कृष्ण गोविन्द राजभण्डारी, सह–सचिव विजय श्रेष्ठ र सदस्यमा प्रेम प्रसाद शर्मा, मान कुमारी पुन, प्रेम कुमार पुन, चन्द्र बहादुर थापा, सरस्वती खड्का, गिता पुन, विकास कुमार श्रेष्ठ, अरुण कुमार श्रेष्ठ रहनु भएको छ । संस्थाको लेखा समितिको संयोजकमा राज कपुर श्रेष्ठ तथा सदस्यहरुमा रमेश प्रसाद श्रेष्ठ र महेन्द्र कुमार श्रेष्ठ रहनु भएको छ ।

No description available.

साधरण सभाको उद्घाटन गर्दे संस्थाका संस्थापक अध्यक्ष परशुराम श्रेष्ठले संस्थाको बिकासको लागी सहकारीको नीति नियम अनुसार काम गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेको समयमा सहकारी संचालन गर्नका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै संस्थाले शेयर सदस्य वृद्धि गर्न लाग्नु पर्ने बताउनु भयो । उहाँले शेयर सदस्यलाई उत्पादनसंग जोड्नका लागि सहकारीले विभिन्न खालका कार्यक्रमहरु ल्याउदै बचत तथा ऋण मात्र नभएर समाजलाई सकरात्मक रुपमा प्रभाव पार्ने खालका कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो ।

No description available.

कार्यक्रममा संस्थाका अध्यक्ष भिमसेन कुमार श्रेष्ठले संचालक समितिको तर्फबाट प्रगति प्रतिवेदन, कोषाध्यक्ष करुणा प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नरिश्वर शर्माले लेखा समितिकोप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २३ लाख ५४ हजार ७ सय शेयर पूँजी रहेको कोषाध्यक्ष करुणा प्रसाद श्रेष्ठले बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार इश्वर प्रसाद श्रेष्ठ, सल्लाहकार डिल्ली प्रसाद गौतम, पूर्व संचालक योग माया श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

No description available.

कार्यक्रममा संस्थाको स्थापना कालदेखि संचालक समितिमा रहेर काम गरेका संस्थाका पूर्व सचिव सुरेश प्रसाद श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षयता, संचालक कृष्ण गोबिन्द राजभण्डारीको स्वागत, पूर्व सचिव सुरेश प्रसाद श्रेष्ठको संचालनमा कार्यक्रमम सम्पन्न भएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *