भोलीदेखि १५ गतेसम्म बागलुङ नगरपालिका अन्तरगतका विद्यालय बन्द

आदर्श अनलाइन, बागलुङ
तीव्र गतिमा कोरोना फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले मंगलबार सूचना जारी गर्दै नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न अनुरोध गर्नुभएको हो ।

पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

No description available.

यो पनि पढ्नुहोस्