आदर्श अनलाइन, पोखरा
लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीको टोलीले ठूलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण सरगटिया घर भएका २१ वर्षीय धर्मेन्द्र कुमार र रूपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नं-५ मजगावा निवासी २० वर्षीय अविनाश यादव रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिुभयाे।
तिवारीका अनुसार पोखरा महानगरपालिका -२२ स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँचमा खटिएको टोलीले उनीहरुको साथबाट डाईजापाम -१७१ एम्पुल, फेनेरागन- १७१ एम्पुल र नुर्फिन – १७१ एम्पुल गरी जम्मा ५१३ एम्पुल लागु औषधसहित मोवाइल दुई थान र लु ३३ प ९३४३ नम्बरको मोटरसाइकल बरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।