संस्थापक नगर प्रमुखको नाममा निर्माण गरिएको स्मृतिद्वार उद्घाटन

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुखको नाममा स्मृतिद्वारा निर्माण गरिएको छ ।

बागलुङ नगरपालिकाको पहिलो जननिर्वाचित नगरप्रमुख स्वर्गीय ऋषिराम शर्माको नाममा बागलुङ नगरपालिकाले निर्माण गरेको स्मृतिद्वारको आज एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो । नगरप्रमुख पौडेलले स्मृतिद्वारमा रहेको स्वर्गिय पूर्वनगरप्रमुख ऋषिराम शर्माको अर्धकदको शालिक समेत अनावरण गर्नुभएको थियो ।

शालिक अनावरण तथा स्मृतिद्वार उद्घाटनपछि नगरप्रमुख पौडेलले साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मानस्वरुप बागलुङ नगरपालिकाले ‘ऋषिराम शर्मा स्मृतिद्वार’ निर्माण गरेको बताउनुभयो ।

No description available.

आर्थिक वर्ष २०७५/७६ को ५ लाख र आर्थिक वर्ष २०७६/७७ मा विनियोजित छ लाख र स्थानीयको २ लाख बराबरको श्रमदानमा गरी रु.१३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो ।

विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगर प्रमुख भएर बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४, कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको हो ।

“नगरको संस्थागत विकासका लागि उहाँले अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो, उहाँले विकास निर्माण शुरुगरेको स्थानमै स्मृतिद्वार निर्माण गरिएको हो” नगर प्रमुख पौडेलले भन्नुभयो “उहाँको बहुआयामिक योगदानको नगरले सधै स्मरण गर्न पाइयोस् भनेर उहाँले बागलुँ नगरपालिकाको रिङरोडको शुरुवात गरेको स्थानमै स्मृतिद्वार निर्माण गरेका हौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *