रिघाको सरस्वती आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

आदर्श अनलाइन, बागलुङ

रोटरी क्लव अफ बुर्तिबाङ, ढोरपाटनले गलकोटको एक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । गलकोट नगरपालिका–११ रिघा स्थित सरस्वती आधारभुत विद्यालयलाई एक थान कम्प्युटर तथा एउटा प्रिन्टर सहयोग गरेको हो ।

रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनका अध्यक्ष तुलसीराम अर्याल, क्लवका वरिष्ठ सदस्य एवं बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम नेपाली र विद्यालयका प्रधानाध्यापक मिनादेवी भुजेललाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो । विभिन्न सामाजिक सेवामा क्रियाशिल क्लवले समय समयमा विद्यालय संगै अन्य सामाजिक सेवाका कामहरु गर्दै आइरहेको छ । जेहेन्दार, अतिबिपन्न बर्गका विद्यार्थीहरु अध्ययन गर्दै आएको विद्यालयलाई आगामी दिनमा पनि थप सहयोग गर्दै जाने क्लबले जनाएको छ ।

सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिका लागि सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक र प्राविधिक ज्ञानबाट पनि विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने क्लबले विश्वास लिएको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका अध्यक्ष बाबुराम नेपालीले विपन्न बर्गका व्यक्तिका छोराछोरीले अध्ययन गर्दै आएको विद्यालयलाई माथि उकास्नका लागि स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारको पनि सहयोग आवश्यक रहेको बताउनुभयो । साथै उहाँले क्लबलाई धन्यवाद ज्ञापन गर्दै कम्प्युटर तथा प्रिन्टरको उचित प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

१ देखि ३ कक्षासम्म अध्यापन हुने यस सरस्वती आधारभुत विद्यालयमा २० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *