यस्ताे छ आगामी तीन दिनको मौसम

आदर्श अनलाइन, काठमाडौँ
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम सामान्य बदली रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको छ ।

महाशाखाले शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अझै बढ्ने क्रममा रहेको चिसोबाट बच्न र आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *