पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेवि संघको आन्दोलन

आदर्श अनलाइन, बागलुङ
नेपाल विद्यार्थी संघ बागलुङ र प्राविधिक विद्यार्थी परिषदले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा बागलुङमा शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङको अगाडी विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थ, खाद्यान्नको मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले विश्वविद्यालयका सबै परिक्षाहरु वैकल्पिक विधिबाट संचालन गर्न, पिसिआर परीक्षण निशुल्क गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय अगाडी धर्ना समेत दिएका थिए ।

आन्दोलनमा नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीकृष्ण पौडेल, युथ काङ्ग्रेस बागलुङ संयोजक सुजन सापकोटा, प्राबिधिक विद्यार्थी परिषद् बागलुङ सचिव सरोज रिजाल लगायतका विद्यार्थी नेताहरु आन्दोलनजमा सहभागी थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *