–आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका–१ दुदिलाभाटी काफठूटा आरनटोल देखि गौदी आरनटोल जोड्ने झोलुङेगे पुल निर्माणको चरणमा पुगेको छ ।
सस्पेन्सन वृज डिभिजन कार्यालय काठमाण्डौले अन्तिम सर्वे गरेर ठेक्का प्रकृयामा जान थालेको हो । पुल निर्माणका लागि तीन वर्षदेखि पहल भइरहेको र अहिले निर्माण शुरु गर्नु पूर्व अन्तिम सर्वे सम्पन्न भएको समाजसेवी ललिता थापाले जानकारी दिनुभयो । पुल निर्माण भएपछि गौदीका स्थानीयलाई मध्यपहाडी राजमार्गमा आउन सहज हुँनेछ ।
काफठूटा आरनटोल देखि गौदी आरनटोल जोड्ने झोलुङेगे पुल निर्माणको लागि ठेक्का प्रकृयामा जान थालेको सस्पेन्स वृज डिभिजन कार्यालय काठमाण्डौका इन्जिनियर सरोज आचार्यले जानकारी दिनुभयो । उक्त झोलुङ्गे पुल २०५ मिटर लामो हुँनेछ । उक्त पुल रु. एक करोड ८३ लाखको लागतमा निर्माण गर्नका लागि लागत स्टमेट तयार गरिएको छ ।
“हामी अहिले पुलको अन्तिम सर्वे सकेर ठेक्का प्रकृयामा जान थालेका छौं” इन्जिनियर आचार्यले भन्नुभयो “दुबै स्थानका जग्गाधनीले जग्गा दिनुभएको छ तर मन्जुरीनामा बनाए लगत्तै पुल निर्माण शुरु हुन्छ ।”