धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल


आदर्श अनलाइन, बागलुङ
गत असोज पछि रित्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

धौलागिरी व्यवस्थापन समितिको अध्यक्षमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ निवासी नारायण प्रसाद शर्मा पौडेल नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष २१ गते पौडेललाई अस्पताल व्यवस्थापन समितिमा तीन वर्षका लागि नियुक्त गरेको हो । तर अस्पतालमा पौडेलले भने अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन ।

मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ दफा १ बमोजिम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल रहनेगरी ९ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ । अस्पताल व्यवस्थापन समितिको सदस्यमा बानपा–४ का धनमाया शर्मा, बानपा–१४ का लक्ष्मी देवि जिसी, बानपा–३ का कृष्ण शंकर श्रेष्ठ, बडिगाड–१ का रुन माया थापा र बानपा–३ निवासी गगन बहादुर पुनलाई नियुक्त गरेको छ ।

यस्तै उद्योग वाणिजय संघ बागलुङ, बागलुङ नगरपालिका प्रतिनिधि र मेडिकल सुपरीटेण्डेण्ट सदस्य रहने व्यवस्था छ । धौलागिरी अस्पतालमा व्यवस्थापन गठन गरिएको पत्र मन्त्रालयले पठाएको अस्पतालका सूचना अधिकारी अन्जना पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *