मुस्ताङको जनसंख्या बढ्यो

आदर्श अनलाइन, जोमसोम

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक जनगणना नतिजा अनुसार हिमाली जिल्ला मुस्ताङको जनसंख्या १४ हजार ५ सय ९६ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा मुस्ताङको जनसंख्या १३ हजार ४ सय ५२ रहेकोमा १ हजार १ सय ४४ जनसंख्या नया थपिएका हुन् ।

विभागले सार्वजनिक गरिएको तथ्यांक अनुसार मुस्ताङको १४ हजार ५ सय ९६ रहदा ३ हजार २ सय ६८ घरधुरी रहदा ३ हजार ७ सय ५१ परिवार संख्या रहेको छ । जसमध्ये पुरुष ८ हजार १ सय ७४ र महिला ६ हजार ४ सय २२ छन् ।

यस्तै,लैङिगक अनुपात १२७ दशमलव २८ प्रतिशत छ भने परिवारको औसत आकार ३ दशमलव ८९ प्रतिशत छ ।मुस्ताङको जनघनत्व ४ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ० दशलव ७८ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *