गण्डकीमा कोरोना : थप ५१६ जनामा संक्रमण पुष्टि, ७०२ संक्रमणमुक्त

आदर्श अनलाइन, पोखरा
पछिल्लो २४ घण्टामा गण्डकीका थप ५१६ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९३० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शनिबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २२७ जना, तनहुँका ७१ जना, गोरखाका १३ जना, लमजुङका २५ जना र नवलपुरका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ३९ जना, पर्वतका १५ जना, बाग्लुङका ३९ जना र म्याग्दी जिल्लाका ४९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ४३३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *