व्यास नगरपालिकामा भोलि सार्वजनिक बिदा

आदर्श अनलाइन, तनहुँ
तनहुँको व्यास नगरपालिकाले सहिद दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ । यही माघ ७ गते बसेको बैठकले सहिद दिवसका दिन भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्णयअनुसार आइतबार नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसमा सार्वजनिक बिदा दिने गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *